Header Ads

काठमाडौं । अब बस्ने संसद बैठकमा निर्वाचन सम्बन्धि विधेयक पेश गर्न तीन दल सहमत भएका छन् । संवैधानिक निकायमा रहेको रिक्त पद पूर्ति गरेर निर्वाचनको मिति केहि दिनभित्रै घोषणा गर्न तीन दल सहमत भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा शनिबार साँझ अबेरसम्म बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन विधेयक संसदमा पेश गरेर पारित गर्ने सहमति भएको हो । बैठकमा निर्वाचन गराउन सबै दल अग्रसर भएकाले विधेयकलाई अगाडि टेबुल गरेर पास गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति घोषणा यथाशीघ्र गर्न सरकारलाई आग्रह गरेको जानकारी दिए । उनले संसदमा निर्वाचन विधेयक पेश भएर मुलुक निर्वाचन तर्फ अघि बढ्ने पनि प्रष्ट पारे ।

बैठकले संविधान संशोधन लगायतका विषयमा थप छलफल गर्ने समेत निर्णय लिएको थियो ।

Post a Comment

Previous Post Next Post