Header Ads

काठमाडौँ । बाग्मती बाहेकका १३ वटा अञ्चल यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम ठप्प भएको छ । सर्भर स्तरोन्नतिको काम भइरहेकाले काम प्रभावित भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्रही मर्कामा परेका छन् । ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टमको सर्भर झण्डै ६ वर्ष पुरानो भएकाले त्यसको स्तरोन्नती भइरहेकाले आइतबारदेखि काम ठप्प भएको हो । पुरानो सिस्टममा रहेका २५ लाख रेकर्डलाई नयाँमा लानुपर्ने भएकाले अझै एक सातासम्म काम प्रभावित हनसक्ने विभागले जनाएको छ । सर्भर स्तरोन्नतिको काम केन्द्रबाट नै भइरहेको छ ।
यस्तै, लाइसेन्स छाप्ने एउटा प्रिन्टरमा समस्याका कारण बाग्मतीमा पनि स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रभावित बनेको छ ।

Post a Comment

Previous Post Next Post