Header Ads

काठमाडौं, माघ ९ – सन् १९८७ को विश्वकप क्रिकेट जित्ने अष्ट्रेलियाली टिमका सदस्यले ३० वर्षपछि मेडल प्राप्त गरेका छन् । आइतबार सिड्नीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेलाडीहरुलाई मेडल प्रदान गरेको हो
विजेता टिमलाई विश्वकपको ट्रफि प्रदान गरिएको भएपनि उपाधि जित्ने खेलाडीलाई कुनै पनि पदक दिइएको थिएन ।
विश्वकप क्रिकेट जित्ने खेलाडीलाई पदक तथा पुरस्कार दिने जिम्मा प्रतियोगिता आयोजक देशको क्रिकेट संघको हुने भए पनि ३० वर्षसम्म पदक नपाएका अष्ट्रेलियाली खेलाडीलाई भने आइसिसीले पदक दिएको हो । आइसिसीले पोहोर नै १९८७ को विश्वकप
जित्ने खेलाडीलाई पदक वितरण गर्ने निर्णय गरेको थियो । ‘हामी क्रिकेट अष्ट्रेलिया र आइसिसीप्रति कृतज्ञ छौं’ सिड्नीमा पदक पाएपछि बोर्डरले भने ‘यो समूहका सबै एक पटक जम्मा हुँदा धेरै रमाइलो लागेको छ ।’



Post a Comment

Previous Post Next Post