Header Ads

चेलीबेटी वेचविखन विरुद्धको सामाजिक अभियन्ता अनुराधा कोइरालालाई भारतले पदमा विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छl भारतबाट प्रकाशित हुने पत्रिका ‘द हिन्दु’का अनुसार राजनीति, खेलकुद, संगीत, समाजसेवा लगायत विभिन्न क्षेत्रमा काम गरेर नाम कमाएका भारतीयहरु सँगै कोइरलालाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्ने भारत सरकारले निर्णय गरेको छl पदम विभूषणलाई भारतमा सरकारले नागरिकलाई दिने भारत रत्न पछिको दोश्रो ठुलो सम्मान मानिन्छl उक्त पुरस्कार विदेशी नागरिकलाई समेत दिइन्छl उक्त पुरस्कार भुटानका स्वर्गीय राजा जिग्मे दोर्जी वांगचुक सहित १९ जना विदेशीले आज सम्म प्राप्त गरेका छन्l यस वर्ष उक्त सम्मान पाउने मध्ये क्रिकेट खेलाडी बिराट कोहली, राष्ट्रवादी कांग्रेस पार्टीका नेता सरद पावर र भारतीय जनता पार्टीका नेता मुरली मनोहर जोशी लगायतका छन्।

Post a Comment

Previous Post Next Post