ट्वीटर चलाउने लाखौं व्यक्तिले अमेरिकाका ४५ औं राष्ट्रपति डोनल्ड ट्रम्पलाई फलो गर्न बाध्य बनाइएको ट्वीटरले स्विकार गरेको छ । यस्तो हुनुमा ट्वीटरको प्राविधिक गडबडी दोषी भएको बताइएको छ ।
शुक्रबार शपथ ग्रहणपश्चात् नयाँ राष्ट्रपति ट्रम्पलाई @POTUS अकाउन्ट हस्तान्तरण गरियो । पदमा रहँदा बराक ओबामाले गरेका प्रत्येक ट्वीटलाई खाली गरी आर्काइभ अकाउन्ट @POTUS44 मा सारियो ।
तर प्राविधिक गडबडीका कारण जसले ओबामालाई फलो गरेका थिए उनीहरु ट्रम्पलाई
फलो गर्न बाध्य भए ।
सोसल नेटवर्कका बस ज्याक डोर्सेले यस विषयमा अनुसन्धान गर्दा ट्वीटरले गल्ती गरेकै हो भनी स्पष्टिकरण दिएको छ ।
उनले ट्वीट गरे, ‘हामीलाई लाग्छ यसले ५ लाख ६० हजार प्रयोगकर्ता प्रभावित छन् ।’
‘ यो गल्ती थियो जुन ठिक होइन । हामी यसमा जिम्मेवार छौं र यसका लागि माफी माग्छौं ।’
ट्वीटरको स्विकारोक्तिः लाखौं प्रयोगकर्तालाई ट्रम्पलाई फलो गर्न बाध्य बनाइयो
aaasss
0
Comments
Tags
International

Post a Comment