नियमित अण्डा खाने महिलालाई ४४ प्रतिशत स्तन क्यान्सरको संभावना कम हुने एक अध्यायनले देखाएको छ । आँखाको लागि पनि अण्डा निकै राम्रो मानिन्छ । दैनिक एउटा अण्डा खानाले आँखामा कैरोटिनायड् हुँदैन ।
ल्यूटिन र जीजेथीन नामक तत्वले कैरोटिनायड्स निर्माण हुन्छ । यो तत्व अरूमा भन्दा अण्डामा बढी हुन्छ । दैनिक एउटा अण्डाले मोतियाबिन्दुको खतरा पनि कम हुन्छ । एउटा अण्डामा ६ ग्राम भन्दा बढी प्रोटिन र शरीरलाई आवश्यक ९ ग्राम अमिनो एसिड पाइन्छ । नियमित अण्डाको सेवनले हर्ट स्ट्रोक वा हर्ट अट्याकबाट पनि बचाउँछ ।
एउटा अण्डामा ३ सय माइक्रोग्राम केओलिन हुन्छ । केआलिनले दिमाग, मुटुको धमनी क्रियाविधिलाई सुचारु राख्न मद्दत गर्छ । अण्डाले कोलेस्ट्रोल पनि बढ्न दिँदैन । अण्डामा भिटामिन डि को मात्रा पनि बढी हुन्छ । अण्डा नङ्गको लागि पनि राम्रो मानिन्छ । अण्डाले डायबिटिजका बिरामीलाई भने हानी हुनसक्छ । यसले हृदयघात समेत निम्त्याउन सक्छ ।

Post a Comment