Header Ads

काठमाडौँ- पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उनी पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना भएका थिए।

उनका छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिए । उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । रासस

Post a Comment

Previous Post Next Post