Header Ads

काठमाडौं– एउटा समय थियो, लोकमानसिंह कार्कीको नाम सुनेपछि जो कोही हच्किन्थे र भन्थे, ‘बाफ रे, लोकमान !’

पैसा फाइलमा राखेपछि मात्र हस्ताक्षर गर्न बानी परेका मालपोत र नापीका कर्मचारीहरु अख्तियार भनेपछि थुरथुर हुन्थे । यसरी भ्रष्टचारी मनसिकतामा ढ्यांग्रो बजाउने अख्तियार प्रमुख कार्कीविरुद्ध गएको पुस २४ गते सर्वोच्च अदालतले सो पदमा नियुक्त हुन अयोग्य भएको फैसला सुनायो ।

हुन त सर्वोच्चबाट यस्तो फैसला आउनुअघि नै उनको लोकप्रियता घटेर शून्यमा झरिसकेको थियो । आफ्नो मुद्दाको सुनुवाई चलिरहेका बेला सर्वोच्च आदालतमा जाँदा फाँटमै उनको अनुहारमा दुई युवाहरुले कालोमोसो दलिदिए ।

२०७० वैशाख २५ गते अख्तियार प्रमुखको रुपमा टंगाल छिरेका कार्कीले त्यहाँ तीन बर्ष आठ महिना बिताए । सर्वोच्चको आदेशले बर्खास्त भएका कार्की पुर्व अख्तियार प्रमुखको पगरी गुथेर गएको माघ २ गते दिल्लीतिर लागे ।
दुई दिनअघि छोरा अभ्युदयमानसिंह कार्कीलाई क्यानाडा पठाएर दुई दिनपछि पत्नी सुनितालाई लिएर दिल्ली उडेका लोकमान अहिले दिल्लीको चाणक्यपुरीस्थित ‘होटल लिला प्यालेस’ मा बसिरहेका छन् । दिल्ली विमानस्थलबाट १५ किलोमिटरको दुरीमा रहेको पाँचतारे होटल रेल्वे स्टेशन नजिकै छ ।

दिल्लीमा कार्कीसँगै छन्, नेपाल प्रहरीका पूर्व प्रहरी उपरिक्षक (एसपी) गोवर्धन श्रेष्ठ । स्रोतका अनुसार श्रेष्ठ कार्की दम्पतीसँगै दिल्ली उडेका थिए । लोकमान र गोवर्धनको बीचमा नाता पर्छ, कार्कीको दाजुको छोरीको हातबाट गोवर्धनले टिका लगाउँछन् ।

लोकमान अख्तियार प्रमुखको रुपमा उदाएपछि स्वकिय सचिवको रुपमा अख्तियार छिरेका श्रेष्ठलाई पछि उजुरी ब्यवस्थापन विज्ञ भनेर नियुक्त गरिएको थियो । अख्तियारमा हुँदा सबैभन्दा बद्नाम छवि भएको रुपमा चिनिएिका थिए ।

कार्की दिल्लीमा अझै केही दिन बस्छन्, त्यहाँ उनले विभिन्न भारतीय नेताहरुसँग भेटघाटको गर्ने उनका निकटस्थहरु बताउँछन् । विजेपीका महासचिव राम माधव सिंहसँग कार्कीको राम्रो सम्बन्ध छ । राम माधव सिंह लगाएका केही भारतीय नेताहरुसँगको भेटघाटपछि उनी क्यानडा जाँदैछन् ।

क्यानडामा घर, छोराछोरीको भर
केही महिनाअघि लामो क्यानडा भ्रमणका क्रममा कार्कीले त्यहाँ घर किनेर फर्केको उनि निकट स्रोतको भनाइ छ । तर, यसको आधिकारकि पुष्टि हुन बाँकी छ ।

गत पुस २९ गते छोरी आध्याश्री कार्की, ज्वाइँ सुवासिस थपलिया र छोरा अभ्युदय एउटै उडानबाट क्यानडा गएका थिए । उनीहरु हाल क्यानडामै बसिरहेका छन् । अभ्युदय काठमाडौंको सेन्ट जेभियर्स कलेजमा बिबिए पढ्दै थिए ।

आध्याश्री कार्की लोकमान शक्तिमा हुँदा पावरको दुरुपयोग गर्ने पारिवारिक सदस्य मध्यमा पर्छिन् । उनी नेपाल प्रहरीका सुरक्षा अधिकारी लिएर हिँड्डुल गर्थिन् ।

आध्याश्री सपिङ गर्न जाँदा सामान किनिरहेका ग्राहकहरुलाई प्रहरीले हटाउने गरेको किस्सा आजभोलि अख्तियार मुख्यालयमा सुन्न पाइन्छ ।

‘लोकमान दिल्लीबाट क्यानडा पुगेपछि छोरी ज्वाइँ फर्केलान्, तर लोकमान फर्कँदैनन्,’ लोकमान निकट एक ब्यक्तिले भने, ‘यहाँ बाटोमा हिँड्दा समेत ढुंगा हान्ने स्थित आएको छ, अनि कसरी फर्कनु ?’

लोकमानकी दिदी ममता कार्की धेरै पहिलेदेखि क्यानडा बस्दै आएकी थिइन् । टोरोन्टोस्थित मिसीसागा भन्ने स्थानमा ममताको घर छ । भिआईपी एरिया मानिने मिसिसागामै लोकमानले घर किनेको बताइएको छ । सोसल एक्टिभीस्टको रुपमा परिचित ममता टोरन्टोमा रहेको एक एनजिओमा काम गर्छिन् ।

सुरक्षाकर्मी सँधैलाई फिर्ता, बानेश्वरको घर मल्होत्राको जिम्मा

कार्कीले दिल्ली उड्नुअघि आफुले प्रयोग गर्दै आएको तीन दर्जनभन्दा बढी सुरक्षाकर्मी फिर्ता गरेका छन् । उनले ‘अब तपाईहरु आउनुपर्दैन’ भन्दै सुरक्षाकर्मीहरुलाई फिर्ता पठाएका हुन् ।

कार्कीको अंगरक्षकका रुपमा खटिएका सुरक्षा अधिकारी अख्तियारमा फिर्ता भएको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयका डिआईजी माधव जोशीले जानकारी दिए ।
त्यस्तै अख्तियारको प्रहरी महाशाखाका प्रमुख (डिआईजी) देवेन्द्र सुवेदीले अब लोकमानसिंह कार्कीले सुरक्षाकर्मी नपाउने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै सुवेदीले भने, ‘अवको ब्यवस्थापन गृह मन्त्रालयले गर्छ, ब्यक्तिगत रुपमा हामीले सुरक्षाकर्मी दिन मिल्दैन ।’

काठमाडौंको पुरानो बानेश्वरमा रहेको कार्कीको घर अख्तियार प्रमुख भएदेखि नै भाडामा लगाईएको छ । ब्यापारी दीपक मल्होत्राले पाँच बर्षका लागी उनको घरमा सामसुङ मोवाईलको गोदाम राखेका छन् ।

नेपाल नफर्कने भएपछि अख्तियारस्थित सरकारी निवास छाडेर आफ्ना भाई बालमानसिंह कार्कीको घरमा दुई रात बसेपछि उनी दिल्ली उडेका थिए ।

Post a Comment

Previous Post Next Post