अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा व्यापार सम्झौता ट्रान्स-प्यसिफिक पार्टनरशिप (टीपीपी)बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेर आफ्नो चुनावी अभियानका क्रममा जनाएको प्रतिबद्धता पुरा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको बाँकी विश्वसँगको अमेरिकी सम्बन्धबारे एउटा निर्णायक परिवर्तन गरेर उनले भने जस्तै गरी आफ्नो पहिलो बास्तविक दिन कार्यालयमा बिताएका छन्।
उनले यो सम्झौतासँगै प्रशान्त महासागरले छोएका देशहरुसँगको खुल्ला व्यापार सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्।
१२ राष्ट्र सम्मिलित उक्त व्यापार सम्झौता पूर्व राष्ट्रपति बराक ओबामाको सर्वाधिक महत्वपूर्ण एशिया नीति थियो।
प्रतिवद्धता
एउटै हस्ताक्षरमार्फत टिपिपि सम्झौता तोड्दै ट्रम्पले आफूले भर्खरै गरेको काम अमेरिकी श्रमिकहरुका लागि महान भएको बताए।
विभाजित अमेरिकी संसदले सम्झौतालाई अनुमोदन नगरिसकेकाले ट्रम्पको कार्यकारी आदेश धेरै हदसम्म सांकेतिक छ।
यस्तो खालको बहुराष्ट्रिय सम्झौता हाम्रो सर्वोत्तम हितमा छैन
शन स्पाइसर, राष्ट्रपतिका प्रवक्ता
राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले भने, "राष्ट्रपतिले धेरैपटक भनेजस्तै यस्तो खालको बहुराष्ट्रिय सम्झौता हाम्रो सर्वोत्तम हितमा छैन र उनी व्यापार नीतिलाई बलियो बनाउन छिट्टै लागि पर्नेछन् जसले अमेरिकी कामदार र उत्पादनकर्ताको प्रतिस्पर्धालाई बढाउनेछ।"
उनले आफ्नो चुनावी अभियानका क्रममा टिपिपि सम्झौताले अमेरिकी उत्पादनलाई असर गरेको तर्क गर्दै त्यो देशका लागि सम्भावित संकट भएको भनि आलोचना गरेका थिए।
Tags
International

Post a Comment