ब्राजिल – गत नोभेम्बर २९ मा आफ्नो टोलीको अधिकांश सदस्य गुमाएको च्यापेकोएन्सेले पहिलो पटक मैदानमा उत्रिएको छ ।
सुडा अमेरिकानाको फाइनल खेल्न कोलम्बियाका लागि उडेको विमान दुर्घटनाका टोलीका १९ खेलाडी र स्टाफसहित ७१ जनाको मृत्यु भएको थियो ।
शनिबार पाल्मेरियासविरुद्ध मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो । नयाँ सिजनका लागि क्लबले २२ नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ ।
दुर्घटनामा बच्न सफल भएका तीन खेलाडीहरुले खेलअघि कोपा सुडा अमेरिकानाको ट्रफी उचालेका थिए ।
घटनामा डिफेन्डरद्वय नेटो र आलान रुस्चाल बचेका थिए । गोलपिकर ज्याकसन फोलमानले भने आफ्नो खुट्टा गुमाएका छन् । दुर्घटनामा जम्मा ६ जना बचेका थिए ।
२० हजार फ्यानका अगाडी बचेका खेलाडी र ज्यान गुमाएका खेलाडीहरुको परिवारलाई पदक दिइएको थियो ।
घटनामा बाँचेका रेडियो रिर्पोटरले खेलको कमेन्ट्री गरेका थिए ।
७१ औँ मिनेटमा खेल रोकेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिइएको थियो ।
खेल २–२ को बराबरीमा सकिएको थियो ।
Tags
Sports











Post a Comment