Header Ads

४५ औं राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार सम्हालेपछि बराक ओबामा पूर्व राष्ट्रपति बनेका छन् । आठ वर्षदेखि बस्दै आएका ह्वाइट हाउससँग उनले शनिबार विदाई मागेका छन् । बिदा हुनुभन्दा पहिले उनले ह्वाइट हाउसका विभिन्न कर्मचारीलाई भेटे । बाहिर बसिरहेका उनका समर्थकले आँसु थाम्न सकेनन् ।

– २० जनवरी ओबामा परिवारसँगै ट्रम्पको शपथ ग्रहण कार्यक्रममा पुगेका थिए ।

– परम्परा अनुसार त्यसपछि उनी ट्रम्पसँगै ह्वाइट हाउस पुगे ।
बराक ओबामा परिवारसँगै हेलिकोप्टर ‘मरिन वान’ बाट वासिंगटनका लागि प्रस्थान गरे ।
– ओबामाको विदाईका लागि बाहिर हज्जारौं संख्यामा उनका समर्थक थिए ।
– ओबामा ह्वाइट हाउसबाट बाहिर निस्किएलगत्तै उनका समर्थकहरुले आफ्नो हात हल्लाएर ‘बाई’ भने । त्यतिबेला कोही मानिस क्वाँक्वाँ रुन थाले ।
– समर्थक र ह्वाइट हाउसका कर्मचारीको प्रेम देखेर ओबामा पनि भावुक देखिए ।

Post a Comment

Previous Post Next Post