Header Ads


प्यूठान २२ स्वर्गद्धारी । वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका रोल्पा जिल्ला सुवर्णावती गाउँपालिका –२ खुंग्री धारापानी निवासी जय प्रकाश पाण्डेको मृत्यु भएपछी उहाँको छोराछोरीको पठनपाठनको लागि भनि त्रिपुरेश्वरी आप्रवासी कल्याण कोष खुंग्रीले पिडित परिवारलाई १ लाख ३९ हजार ३ सय ५ रुयैया सहयोग रकम हस्तान्तरण गरेको छ ।
२ नम्वर वडाका वडा अध्यक्ष नेत्र गिरी, आप्रवासी कल्याण कोषका संयोजक रोशन गिरी र स्थानीयको रोवहोवरमा एक कार्यक्रमका वीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
मृतक पाण्डेको मृत्युपछी उहाँको छोराछोरीको पठनपाठनमा समस्या उत्पन्न नदेखियोस भन्नको लागि प्रदेशका विभिन्न देशहरुवाट विभिन्न व्यक्तिको अगुवाइमा रकम संकलन गरिएको कल्याणकारी कोषले जानकारी दिएको छ ।
जसमा साउदी अरेवीयावाट ज्ञानेन्द्र जिएमको नेतृत्वमा अन्य साथीहरुवाट रु ४३ हजार ५ रुपैया, कतारवाट जगन्नाथ विष्टको अगुवाइमा ५९ हजार ८ सय रुपैया, यूएईवाट भूपेन्द्र गिरीको नेतृत्वमा ३५ हजार ५ सय र ओमनवाट राधेश्याम नेतृत्वमा १ हजार रुपैया रकम संकलन गरी पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
मृतक पाण्डेको श्रीमती २ छोरा १ छोरी रहेका छन उनको गत श्रावण २३ गते साउदीमा स्वइमिङ पूलमा डुबेर मृत्यु भएको थियो ।

Post a Comment

Previous Post Next Post