Header Ads


गोविन्द विश्‍वकर्मा पौष १८ स्वर्गद्वारी । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ खालमा गठित स्वर्गद्वारी साँस्कृतिक यूवा समूले गत वर्षको झै यस बर्षमा पनि माघि विशेष साँस्कृतिक कार्यक्रम तथा माघि मेलाको आयोजना गर्ने भएको छ । मंगलवार वडा कार्यालयमा समूहका अध्यक्ष कमल घर्तीमगरको अध्यक्षता सरोवकारवाला निकायहरुको आम भेला गरी माघ १ गते देखि ४ गते सम्म बाल माध्यमिक विद्यालमा माघि मेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
“स्थानीय कला साँस्कृतिको जगेर्ना गरौं, ग्रामिण पर्यटनको पर्वद्धन गरौं” भन्ने नारा तय गरेको यस साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको विजोड प्रस्तुतीका साथै माघि विशेष परिकार स्वर्गद्वारी सामुदायिक होम स्टेको पैसेरु नाच, होम स्टेको स्थानीय परिकार, ठाडो भाका, झ्याउरे गीत पुतली पोल्ने निर्साे बाड्ने मगर संस्कृति लगायत थुप्रै कार्यक्रम तथा प्रस्तुतीहरुको विच मेला सम्पन्न गर्ने उद्देश्यले मेलाको आयोजना गर्ने लागिएको स्वर्गद्वारी साँस्कृति यूवा समूहका अध्यक्ष कमल घर्ती मगरले जानकारी दिनुभयो ।
भेलाले मेलालाई भव्य एवम् सभ्य तरिकाले सु–सम्पन्न गर्नेको लागि विभिन्न समिति, उपसमिति गठन गरी जिम्मेवारी समेत बाँडफाड गरेको छ । जस अन्तरगत तुल्सीराम घर्ती मगरको संयोजकत्वमा ९ सदस्सीय प्रचारप्रसार समिति, विष्णु खनालको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन, रण बहादुर कंवरको संयोजकत्वमा स्वंयमसेवक समिति गठन, त्यस्तै मेला सल्लाहकार समिति वडा अध्यक्ष मिनराज राना मगरको संयोजकत्वमा गठन गरिएको छ ।
भेलाले मेलाका लागि आवश्क छलफल गरी मेला समय र परिसर भित्र हो होल्ला लडाई झगडा र उत्श्रृखल गतिविधि गर्नेलाई प्रशासनको जिम्मा लगाउने साथै मेलाको समय अवधि भित्र जाड रक्सी जुवा तास पूर्ण निषेध गर्ने, मेला संचालनको लागि आर्थिक संकलनको बारेमा विभिन्न निकाय जस्तै स्वर्गद्वारी नगरपालिका, स्वर्गद्वारी आश्रम, स्थानीय व्यापारी, होटल व्यवसायीहरुलाई अनुरोध गर्ने, रु हजार भन्दा कम बढि सहयोग गर्ने सहयोगी दाताहरुलाई रेडियो तथा पत्रपत्रिकामा नाम प्रसारण तथा प्रकाश गर्ने, २५ सय भन्दा माथि सहयोग गर्नेलाई रेडियो पत्रपत्रिका तथा कार्यक्रम स्थलमा व्यानरमा नाम थर तथा ढोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका लागि बहुचर्चित तथा लोकप्रीय गायिका पूर्णकला विसी लगायत अन्य दर्जन वढि राष्ठिय तथा जिल्ला स्तरका स्थानीय कलाकारहरुलाई साँस्कृति प्रस्तुतीका लागि निम्ताउने लगायतको निर्णय गरेको छ ।
मेला माघि विशेष भएकाले मगर संस्कृतिमा प्रचलित पुतली पोल्ने संस्कृति, चेलीवेटीलाई निर्साे बाँड्ने, स्वर्गद्वारी सामुदायिक मगर होम स्टेको अवलोकन तथा खान बस्नको लागि व्यवस्था, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको दर्शन, स्थानीय स्तरमा रहेको मगर होम स्टेको पैसेरु नाच, हनुमान नाँच, स्थानीय स्तरमा प्रचलित ठाडो भाका, माघि पर्व विशेष पौषको महिना पकाएको परिकार माघ खुवाइने तरुल, ध्यू खिचडी, फुरौला, सेल बन तरुल लोक कुखुराको मासु, सिस्नो ढिडोको परिकारहरुको समेत मेलामा प्रर्दशन गरिने आयोजकले बताएको छ ।
भेलाले मेलामा प्रर्दशन गरिने परिकार तथा कार्यक्रमको लागि विभिन्न व्यक्तिहरुलाई जिम्मा समेत दिएको छ । पैसेरु नाँचको लागि विर बहादुर पुन, हनुमान नाँचको लागि बसन्त खड्का, होम स्टे व्यवस्थापनका लागि मिनराज राना, झ्याउरे नाँच तथा स्थानीय पुरानो संस्कृतिका लागि बसन्त खड्का र ऋषिकेश भण्डारी, माघि विशेष परिकारका लागि विर बहादुर पुन र धन वहादुर पुनलाई जिम्मा दिएको छ । साथै आयोजकले कार्यक्रमलाई सफल पार्नेको लागि सबैलाई आ–आफ्नो ठाउँवाट सक्दो सहयोग साथको लागि अनुरोध गरेको छ ।

Post a Comment

Previous Post Next Post