गोविन्द विश्वकर्मा षौष २१ प्यूठान । गत सोमवार घर देखि विद्यालय गएका बालक घर नफर्किदा एक घर परिवार चिन्तामा परेको छ । स्वर्गद्वारी नगरपालिका वडा नं –४ भिंग्रीकोट निवासी हेमन्ता खत्रीका छोरा वर्ष १२ का देवराज रेग्मी घरवाट विद्यालय हिडेको तर शुक्रवार सम्म घर परिवारको सम्पर्कमा नआएको आमा हेमन्ता खत्रीले बताउनुभयो ।
विद्यालयवाट छोरा घरमा नफर्किए पछी सबै आफन्तहरु कहाँ सोधपुछ गर्दा कतै पत्ता नलागेपछी आमा हेमन्ताले इलाका प्रहरी कार्यालय भिंग्रीमा खोजको लागि निवेदन दिएको इलाका प्रहरी कार्यालय भिंग्रीले जानकारी दिएको छ ।
उता देवराजले अध्ययन गर्ने विद्यालय श्री अमर मावि भिंग्रीका प्रध्यानाध्यापक गणेश शर्माले देवराज विद्यालय आएको तर तिन विषय पढेर आफ्नो एक जना साथीको साइकल लिएर विद्यालयवाट हिडेको जानकारी दिनुभयो ।
आमा हेमन्ताले उनी कतै मानसिक रोगी पो थिएकी भन्ने प्रश्नमा त्यस्तै केही मानसिक शारिक रुपमा रोगी र अशक्त नरहेको बताउनुभयो । साथै आमाले उनलाई केही दिन अघि साइकल किन्ने प्रस्ताव राखेको थियो भनेर भन्नुभयो उहाँले कतै उ जान सक्ने र आफ्न्तहरु कहाँ कतै फेला नपरेपछी प्रहरी लगायत सबैलाई खोज गरिदिनको लागि अनुरोध गर्नु भएको छ । साथै उक्त व्यक्तिलाई भेटाउनु हुने व्यक्तिले निज देवराजका आमा हेमन्ताको फोन नम्वर ९८१२८०४०५० अथवा नजिकैको प्रहरी चौकीलाई जानकारी दिई सहयोग गरिदिनको लागि अनुरोध गर्नुभएको छ ।
Post a Comment