मनिषा राई रोल्पा पौष २४। पुर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकम (NTC) को टावरको निर्माण कार्य भइरहेको छ । आफन्त सङग कुरा गर्नका लागि कित अलि अग्लो ठाउँ कित सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउपालिका ६ फगाम बासिहरुको समस्या अव भने दुर हुने भएको छ । आधुनिक युगमा पनि संचारकाे पहुच भन्दा बाहिर रहेको फगाम फोनदले भरपर्दाे काम नगर्दा त्यहाका स्थानियहरुले हैरानी खेप्नु परेको थियो ।
स्थानीयहरु प्रायको हात हातमा मोबाइल भएपनि गीत सुन्न र भिडियो हेर्न मात्र प्रयोग हुने गरेको छ । अब छिट्टै उपभोग गर्न पाउने भएपछि स्थानियहरु निकै हर्षित भएका छन् ।
उक्त टावर निर्माण भएपछि फगाम मात्र नभई छिमेकि साविकका गाविसहरु गजुल, जैमाकसला, जेल्बाङ लगायतका स्थानीयहरुले पनि प्रत्यक्ष सेवा लिन पाउनेछन् । सुनछहरी गाउपालिका वडा नं. ६ का वडाअध्यक्ष अमरजित पुनमगरले यसअधि विद्युत समेत गाउँमा पुगि सकेको बताउदै टावर निर्माण स्थल सम्म विद्युत पु¥याई अलि ठूलो क्षमताको निर्माण गर्नै बताउनुभयो ।
वडा अध्यक्ष पुनमगर लगायत गाउँपालिकाकै पहलमा गाउमा बिभिन्न बिकासका कामहरु भइसकेका छन् भने कतिपय बिकास निर्माणका कामहरुले पनि तिव्रता पाएको छ । बिगतका दिन र वर्तमानका दिन साथै भविष्यको दिनलाई तुलना गर्दा आकाश जमिनको फरक भएको छ ।
Post a Comment