Header Ads


गोविन्द विश्‍वकर्मा पौष २२ प्यूठान। स्वर्गद्वारी नगरपालिकालाई लागु औषध दुव्र्यसनी रहित नगरपालिका रुपमा स्थापित गर्न इलाका प्रहरी कार्यालय भिंग्री प्यूठानको आयोजनामा विहिवार स्वर्गद्वारी नगरपालिका भित्रका जनप्रतिनिधी, राजनीतिक दल, व्यापारी वुद्धिजीवी, कर्मचारी, समाजसेवी, नगरपालिकामा क्रियाशिल पत्रकार लगायतको उपस्थितिमा लागु औषध दुव्र्यसनीको विरुद्धको समिति गठन गरिएको छ ।
नगरपालिका उप–प्रमुख गोमा रेग्मीको संयोजकत्वमा ७ सदस्सीय समिति गठन गरिएको हो । जसमा सबै उद्योगी तथा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै नारायण श्रेष्ठ त्यस्तै मिडियाको तर्फवाट माडीखवर साप्ताहिक पत्रिका पत्रकार गोविन्द विश्वकर्मा, होटल व्यवसायीहरुको तर्फवाट टिकारमा भण्डारी, महिला तथा बाल बालिका कार्यालय स्वर्गद्वारी नगरपालिका शाखाको तर्फवाट रेश्मा केसी, ९ वटै वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नम्वर ३ वडा अध्यक्ष बासुदेव रेग्मी, र इलाका प्रहरी कार्यालय भिंग्रवाट कार्यालय प्रमुख घनश्यमा केसी रहने गरि समिति निर्माण गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख नेत्र बहादुर रोकाय, जनप्रतिनिधी लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख रोकायले यस स्वर्गद्वारी नगरपालिकामा लागू पदार्थ दुव्र्यसनीको प्रभाव नभएतापनी यहाँ हुने सक्ने संभावित कुरालाई मध्यनगर गर्दै यो खालको कदम चालेकोमा इप्रका भिंग्रीलाई धन्यवाद दिदै यसको न्यूनिकरणको लागि सबै क्षेत्रले पहल गर्नुपर्ने बताउनु भएको थियो ।

Post a Comment

Previous Post Next Post