काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष भीम रावल पछाडि परेका छन् । शनिबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार उनी नेपाली कांग्रेसका भरतकुमार स्वाँरसँग मात्र पाँच मतले पछि परेका हुन् ।
अहिलेसम्म गणना भएका छ हजार ३२८ मत मध्ये कांग्रस उमेदवार स्वाँरले तीन हजार ७३ मत प्राप्त गरेका छन् । उनलाई एमाले उपाध्यक्ष रावल तीन हजार ६८ मतले पछ्याइ रहेका छन् ।
प्रदेशसभा १ ‘क’ मा कांग्रेसका मेघराज खड्का एमालेका गोबिन्द कुँवरभन्दा १४१ मतले अगाडि छन । खड्काले एक हजार ६६१ र कुँवरले एक हजार ५२० मत प्राप्त गरेका छन् । प्रदेससभा १ ‘ख’ मा आज बिहान ८ बजेबाट मात्रै मतगणना सुरु हुने बताइएको छ ।
यस्तै अछाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ एमालेका यज्ञ बोगटी कांग्रेसका पुष्प शाहभन्दा ५४ मतले अगाडि छन । बोगटीको एक् हजार ५४२ ल्याउँदा कांग्रेसका शाहको एक हजार ४९८ मत रहेको छ ।
प्रदेससभा २ ‘क’ मा कम्युनिष्ट गठबन्धनका अक्कल रावल दुई हजार ४९८ र कांग्रेसका सुरत बिष्टले एक हजार ८२४ मत प्राप्त गरेका छन् । प्रदेश सभा २ ‘ख’ मा कांग्रेसका बलबहादुर कँुवर एक हजार ४५० र एमालेका बलबहादुर सोडारी एक हजार २६७ मत प्राप्त गरेका छन ।
laligurasonline
Post a Comment