
काठमाण्डु, २३ मंसिर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
उनका अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा तीन र तीन, हवाई इन्धनमा पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ ले वृद्धि गरिएको हो ।
नयाँ मूल्यसूचीअनुसार काठमाण्डु उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको १००, डिजेल र मट्टितेलको ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताए । खाना पकाउने एलपी ग्यासको भने एक हजार ३५० मूल्य कायम गरिएको छ ।
यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
Post a Comment