Header Ads


प्यूठान मंसिर ।  चर्चित गायक, गीतकार, संगीतकार तथा एरेन्जर हेमन्त शिशिरले नयाँ स्टुडियोको उद्घाटन गरेका छन् । अनामनगरमा स्थापना गरिएको उक्त स्टुडियो मंसिर २८ गतेबाट नै सञ्चालनमा आएको छ । नेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि अनावरत रुपमा लागेका हेमन्त शिशिरले गीत संगीतको क्षेत्रमा आएको प्राविधिक पक्षलाई मध्यनजर गरी आधुनिक रुपमा यो स्टुडियोका स्थापना गरेका हुन् ।

गीत संगीतको क्षेत्रमा काम गर्नको लागि हजारौँको संख्यामा रहेको स्टुडियो भन्दा फरक तरिकाले रेकर्डिङ गरिने तथा विभिन्न नयाँ उपकरण सहितको स्टुडियोमा अन्य स्टुडियो भन्दा फरक रहेको समेत सञ्चालक बताउँछन् ।

परम्परागत रुपमा गरिने गीतको रेकडिङ प्रविधिमा परिवर्तन ल्याउनका लागि आफूले नयाँ ढंगबाट यस स्टुडियोको स्थापना गरेको सञ्चालक बताउँछन् ।
यस रेकर्डिङ् स्टुडियोको सफलताको लागि हाम्राे तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

Post a Comment

Previous Post Next Post