मधुसुदन पाेख्रेल ८ पाैष २०७४ प्यूठान । बालवालिकाको विषयमा कलम चलाउने उत्कृष्ठ संचारकर्मी तथा संचारमाध्यम लाई पुरुस्कार वितरण गरिएको छ । नेपाल पत्रकार मंहासंघ जिल्ला शाखा प्यूठानका आयोजनामा प्यूठान जिल्लाको बालवालिकाको क्षेत्रमा उत्कृष्ठ कलम चलाए वापत संचामाध्यम अन्तरगत रु २५००० सहित रेडियो महिला आवाज ९० मेर्घाहज र संचारकर्मी अन्तरगत रु २०००० सहित अन्नपुर्ण राष्टिय दैनिक र बुटवल टुडेका प्यूठान रिर्पोटर केशर रोकालाई दोसल्ला ओढाएर पुरुस्कार तथा प्रशंसा पत्र वितरण गरेको छ ।
बालवालिकाको क्षेत्रमा उल्लेखिनिय योगदान पुर्याए वापत विभिन्न संचारमाध्यम र संचारकर्मीलाई समेत सम्मान गरिएको थियो ।
कालिका विकास केन्द्र नेपाल अन्र्तरग सेभ द चिल्डनको सहयोगमा संचालन भएको पुरुस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्ष एल.वि. थापाले अध्यक्षता, जिल्ला समन्वय समितिको सभापती केशव राज आचार्यको प्रमुख आतिथ्यतामा मंहासघका सचिव विजय सिंह भारती ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
Post a Comment