Header Ads

प्यूठान ।
प्रवासमा बसेर पनि बेला बेला गीत सँगीतलाई निरन्तरता दिदै आएका सर्जक मिन दर्लामीको नयाँ कोशेली “नभन न नाई नाई भनेर” बोलको गीत बजारमा आउन लागेको छ । मिन दर्लामीका गीतहरू “जोर शँख फुकेर, म त जिउदै छु, एउटै डोरी पासो लगाम भो, र पहिले भन्दा बेग्लै” जस्ता सुपरहिट गीतहरू गाएका उनै जोडी सुमधुर आवाजकी धनी गायिका बिस्नु माझी र सबैका प्रिय गायक खुमन अधिकारीको यस गीतमा मर्मस्पर्शी स्वर रहेको छ । केही दिनमा म्युजिक भिडियो सहित सार्बजनिक गर्ने तयारी रहेको गीतलाई “शिबदर्शन फिल्मस् प्रा.लि.”ले बजार ब्यबस्थापन गर्ने भएको छ । साथै शिबदर्शन फिल्मस् प्रा.लि.की प्रोपाईटर गायत्री थापाले गीतलाई प्रचार प्रसारमा कही कतै बाँकी नराख्ने भनेर प्रति बद्धता जनाएकी छन । बिनोद बाजुरालीको एरेन्जर रहेको गीतलाई मालश्री रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिको छ । “नभन न नाई नाई भनेर” गीतको रेकडिस्ट राजेन्द्र बाजुराली हुन भने गीतको मिक्सिँग खड्क बाजुरालीले गर्ने छन ।

Post a Comment

Previous Post Next Post