Header Ads

  • प्यूठान स्वर्गद्धारी   ➽ मंसिर २७, २०७४


गीत संगीतको सम्वृद्धिको लागि समर्पित सुनाखरी मल्टी मिडिया प्रा लि ले अहिले फेरी एक उत्कृष्ट गीत तथा भिडियोलाई प्रकासनमा ल्याएको छ । चर्चित गायिका गीता देवीको सुमधुर स्वरले सजिएको मौलिक मारुनी गीत तथा भिडियो गीता देवीकै प्रस्तुतिमा बजारमा आएको हो “नानी बनि” बोलको गीत त उकृष्ट छदै छ भिडियो पनि तेतिकै उत्कृष्ट बनेको छ ।

पछिल्लो समयमा बजारमा आएको लोक गीत संगीतको भिडमा थप पृथक पन दिन खोजिएको यस गीतलाई बिगत लामो समय देखि गीत संगीतमा सक्रिय गायक सर्जक बलराम समालले लय भरेका हुन् भने शब्द डी पी खनाल को रहेको छ ।

भिडियोमा ऋचा थापा र महेन्द्रको अभिनय रहेको छ । चक्र बराल ( वाशु ) को छायांकन रहेको भिडियोलाई निर्देशन भने देवेन्द्र पाण्डेले गरेका छन मिलन बि कको सम्पादन रहेको भिडियोलाई सम्पूर्ण फिल्मस् ले निर्माण गरेको छ ।
भिडियाे

Post a Comment

Previous Post Next Post