Header Ads


रोल्पा—पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनो प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ। प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका वर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन्।

उनले नेपाली काँग्रेसका अमर सिंह पुनलाई पराजय गरेका हुन्। मत परिणाम अनुसार बर्षमन पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत ल्याएका छन्। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन्।

जसअनुसार प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सेरबहादुर महराले १० हजार ४ सय १ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत ल्याएका छन्।
Nagarik News

Post a Comment

Previous Post Next Post