Header Ads

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।


पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।

‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले अनलाइनखबरसँग भने, ‘बस पूर्णरुपमा डुबेको हुँदा उद्धारमा समस्या भएको छ ।’

Post a Comment

Previous Post Next Post