
अस्पतालबाट चिकित्सकको बिज्ञापन माग भएपनि चिकित्सक आउन नचाहेकोले सेवा अवरुद्ध भएको अस्पतालकका सिनियर अहेव कुल बहादुर डागीले बताउनुभयो ।
हाल अस्पतालमा कार्यरत डा.अनिल केसि तालिम प्राप्त पछि रोल्पा फर्केपछि सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल स्रोतले बताएको छ ।
साथै अस्पतालमा उक्त प्रसुति सेवा सञ्चालनको लागि रोल्पा नगरपालिकाले मासिक ३० हजार आर्थिक सहयोग गर्ने निर्णय पछि आज पहिलो प्रसुति अप्रेसन भएको छ ।
रोल्पा नगरपािलका वडा नंं.९ ह्वामा घर भएकी ३० बर्षिय मिना गिरी २ दिन अगाडि घरमा गह्रौ ताउलो उठाउदा तल्लो पेट दुख्ने, रगत बग्ने र वच्चा नचलेको भनि अस्पतालमा आउनुभएको थियो ।
अस्पतालमा भिडियो एक्सरे तथा अन्य जाच पछि ८ महिना पुगीसकेको उहाको गर्भको शिशु पाठेघरबाट साल छुटेकोले गर्भमै मरेको पत्ता लागेको थियो ।
आज बिहानसम्म अस्पतालमा सामान्य प्रसवको लागि प्रयास भएपनि बच्चाको जन्म हुन नसकेपछि डा.अनिल केसिको नेतृत्वमा अप्रेसन गरी आमाको ज्यान बचाउन सफल भएको छ । अहिले आमाको स्वास्थ सामान्य रहेको सुरक्षित मातृत्व फोकल पर्सन डा.आशा थापाले जानकारी दिनुभयो ।
Post a Comment