
कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आयोजित जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले प्रचण्ड तत्कालिन १० बर्षे जनयुद्धपछि कुक्कुरको पुच्छार जस्तै बाङगो बनेको र आफुहरुले सिधा पार्न खोज्दा नसकिएपछि आफुहरु त्यहाँबाट अलग भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, हामिले प्रचण्डलाई चार बर्ष सिधा पार्न खोज्यौ भएन , ,त्यसैले बाहिरियौ ।, उहाँले सत्तामा पुग्न देशी बिदेशी शत्तिका अगाडि तत्कालिन जनयुद्ध हाकेका प्रचण्ड बाबुराम लम्पसार परेर हिडेको बताउनु भयो ।
आफ्नै टाउको मुल्य पचहत्तर लाख तोक्ने शेरबहादुर देउवाको टाङमा पसेर एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले सत्तामा टासिएर बसेको बताउनु भयो ।
प्रकाण्डले असफल संसदिय ब्यावस्थाको अन्त्य गर्दै नेपालमा राज्यसत्ता जनताको हातमा नआएसम्म क्रान्ति जारी रहने बताउनु भयो ।
न्यायमुलक र समानतामुलक समाज निर्माण गर्ने लक्ष अझै पुरा नभएको बताउनु भयो ।
नेकपासँग जनताको सेना रहेको भन्दै दलाल संसदिय ब्यावस्था र दलाल सत्ताका बिरुद्धमा निरन्तर लड्ने र एकिकृत जनक्रान्ति सफल बनाएर नै छाड्ने दाबी गर्नुभयो ।
नेपालमा बैज्ञानिक समाजबाद थापनाका लागी जनताको अधिकार प्राप्तीका लागी एकिकृत जनक्रान्तिमा सबै जनतालाई साथ दिन अपिल पनि गर्नुभयो ।
पार्टीले सन्चालन गरेको स्थानीय तह निर्वाचन खारेजी अभियानलाई तुहाउन , सुराकि गरेर नेता कार्यकर्ता पक्राउ गर्न माकेका नेता कार्यकर्ताले प्रहरि प्रशासनलाइ सहयोग गरेको पनि ठोकुवा गर्नुभयो ।,
उहाँले भन्नुभयो , हाम्रा बिरुद्धमा दमन र षड्यन्त्र गरे त्यसको नयाँ ढङगले प्रतिकार गर्ने छौ ।
दलाल र भ्रष्टचारीले अहिले चिहान खनिरहेको भन्दै उहाँले अब त्यहि चिहानमा उनीहरुलाई पुर्न तयार हुनुपर्ने बताउनु भयो ।,
Post a Comment