Header Ads

दाङ, २५-भाद्र / दाङ देउखुरी जिल्ला अदालतले मालपोत अधिकृत सहित १० जनालाई जेल सजाय सहित जरिवानाको फैसला गरेको छ ।

घोराही नगरपालीका १ बयरबटुवा बस्ने शशिधर भण्डारी र हेकुली ५ बस्ने लालु चौधरीले आफुहरुको जग्गा विक्रि गरि अर्कोको नाममा नामसारी गरेको भन्दै २०७० साल साउन ९ गते मालपोत अधिकृत सहित २३ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गर्नुभएको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतका अतिरिक्त न्यायाधिस चुरामन खड्काको इजलासले मालपोत अधिकृत भरतचन्द्र अधिकारीलाई ३ महिना जेल र ४० हजार ६ सय २५ रुपैयाँ जरिवाना तोक्नुभएको हो । फैसला अनुसार जग्गा बिक्रि गर्ने रेशमलाल चौधरीलाई ४ बर्ष र लरैना थारुलाई ३ बर्षको कैद र प्रतिब्यक्ति ४५ हजार ३ सय ३४ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

त्यस्तै अदालतले नरेशकुमार खड्का, जग्गुप्रसाद सुबेदि, तिलकराम धिताल, भिमबहादुर डाँगी, काशिराम वली, गंगाराम पोख्रेल, राजु डाँगीलाई ३ महिना जेल र ४० हजार ६ सय २५ रुपैयाँ जरिवानाको फैसला भएको छ । जग्गा धनि भण्डारीको सौडियार स्थित एक बिगाह र चौधरीको हेकुलीमा १२ कठ्ठा जग्गा किर्ते गरि बिक्रि र पास गरेको अभियोगमा माल अधिकृत सहितका व्यक्तिहरु बिरुद्ध मुद्धा दायर भएको थियो ।

खेत अधिया लगाउने रेशमलाल चौधरीले मल किन्न जादा जग्गा धनिको नागरिकता लिएको र त्यसपछि सबै किर्ते र आर्थीक प्रलोभनमा पारेर जग्गा बिक्रि गरेपछि मात्रै जग्गा धनिलाई थाहा भएको थियो । तुलसीपुर अनलाइनवाट 

Post a Comment

Previous Post Next Post