गोविन्द विश्वकर्मा श्रावण २३ प्यूठान । नेपाली लोकदोहारी गायन क्षेत्रमा अत्यन्तै ख्याती बटुल्न सफल गायिका पूर्णकला विसि आइतवार सम्पन्न भएको म्यूजिक खवर अवार्डवाट सम्मानित हुनुभएको छ । छोटो समयमै दर्शक श्रोताको प्रिय बन्नु भएका चर्चित गायिका पूर्णकला विसीले विगतका दिनहरु यस्ता खालका थुप्रै अवार्डहरु हात पारिसक्नु भएको छ ।
४ हजार बढि गीतमा आफ्नो आवाज दिइसक्नु भएका गायिका विसीले यसपटको म्यूजिक खवर अवार्डवाट सर्बाेत्कृष्ट लोकादोहोरी गायिको रुपमा आफू सम्मानित हुन पाउदाँ धेरै खुसी भएको जानकारी दिनुभयो ।
साथै गायिका विसीले आफूलाई अवार्डवाट सम्मानित गराउनमा हौसला तथा सहयोग साथ र समर्थन प्रदान गर्नु हुने सबै प्रति हार्दिक आभार प्रकट गर्दछु भनेर भन्नु भयो ।
रेकडिङ्ग स्टुडियो र मेला महोत्सवमा अत्यन्तै वेस्त रहने गायिका विसी अव लगत्तै जापान जाने कार्यक्रम निश्चित भएको जानकारी दिनुभएको छ ।
म्यूजिक खवर अवार्डवाट सर्बाेत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड हात पार्नु भएकोमा हाम्रो तर्फवाट पनि हार्दिक बधाई ज्ञापन गर्दछौं ।
चर्चित लोकदोहोरी गायिका पूर्णकला विसी अवार्डवाट सम्मानित
Swargadwari Online
0
Comments
Post a Comment