Header Ads

गोविन्द विश्वकर्मा स्वर्गद्वारी प्यूठान, श्रावण १३ । नयाँ निर्माणसँगै पुराना मर्मततर्फ कसैको ध्यान नजाँदा ग्रामीणस्तरका पुल दिनदिनै जीर्ण बन्दै गएका छन् । विभिन्न गाविसमा रहेका झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयलाई वारपार गर्न कठिन भएको छ ।
रोल्पा जिल्ला साविकको खुंग्री गाविस र प्यूठानको सारी सारीघाट जोड्ने झोलुङगे पुल मर्मत अभावमा जीर्ण बनेको छ । करिब दुई दशकअघि निर्माण भएको लुङग्री नदीमाथिको खोला खेट सारीघाट झोलुंगे पुल जीर्ण हुँदा स्थानीय बासिन्दाहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।
पुलबाट दैनिक दर्जनौ स्थानीय हिँड्ने गर्छन् । दुई दशकअघि निर्माण गरिएको पुल हालसम्म एकपटक पनि मर्मत गरिएको छैन । पुल मर्मत नहँुदा पुलमा बिच्छाइएको तार छिनेर प्वाल परेको छ भने लठ्ठाहरू पनि कमजोर अवस्थामा रहेका छन् । पुल जीर्ण बनेपछि कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीयवासी जानकारी दिनुभयो । पूलवाट विद्यार्थी, मैतालु र रोल्पा जिल्लाको साविकको खुंग्री गाविसमा रहेको देविस्थान मन्दिरमा दर्शन गर्न जानेहरु पनि यही पुलवाट वारपार गर्नेगर्छन ।
पुलको रेखदेख गर्नको लागि संरक्षकलाई बार्षिक ६ हजार तलव दिएर राखिएको छ तर सम्बन्धीत निकायको चासोको विषय नबन्दा पुलको स्थिति गम्भिर बन्दै गएको छ । रोल्पा जिल्लाको साविकको खुंग्री, गाविस आसपास र प्यूठानको साविकको सारी गाविसका स्थानीयले यो पुल हुँदै यात्रा गर्दै आएका छन् भने दैनिक दर्जनौ स्थानीय एवं विद्यार्थीहरु यस पुलको प्रयोग गरेर विद्यालय आउने जाने गरेका छन ।
पुल जीर्ण बन्दा पनि कुनै निकायले मर्मतमा वास्ता नगरेको त्यहाँका स्थानीयले गुनासो गरेका छन । दुई जिल्लालाई जोड्ने पुल भएकाले मर्मत संभारको लागि पटक पटक रोल्पा जिल्लाको सम्बन्धीत निकाय र प्यूठान जिल्लामा पहल गर्दाे समेत दुई जिल्लाको आलोपालोले यसको मर्मत हुननसकेको स्थानीय ले बताउनुभयो ।
पुलको विचमा पुरै तार राखिएको भाग खसेकाले त्यहाँवाट मान्छे झर्न सक्ने जोखिम रहेको छ । दैनिक स्थानीय र विद्यार्थीहरु आवतजावत गर्ने यस पुलको मर्मत संभार नहुदाँ स्थानीयले सास्ती वेहोर्नु परेको छ । यसमा सम्बन्धीत निकायको ध्यान जान अत्यन्तै जरुरी रहेको छ । अन्यथा यहाँ जोखिम पुलका कारण दुर्घटना निम्तिन सक्ने खतरा देखिएको छ ।
करिब ७६ मिटरको लम्बाइ रहेकोे पुल जीर्ण बन्दै गएपछि सरकार आफैंले पुल जीर्ण भएको जानकारी पाउँदा–पाउँदै पनि त्यसको मर्मतमा भने कुनै अग्रसरता नदेखाएको गाउँलेहरूले गुनासो गरेका छन् ।

Post a Comment

Previous Post Next Post