Header Ads

 गोविन्द विश्वकर्मा श्रावण १३ स्वर्गद्वारी प्यूठान ।    नेपाली लोकदोहोरी गीतको क्षेत्रमा अब्बल एवं सदावाहार सर्जकको दर्जामा आफूलाई स्थापित गर्ने सफल शव्द संगीतकार तथा गायिकाको नाम हो सिर्जना विरही थापा ।
यो नाम नेपाली लोक गीत संगीत प्रेमी दर्शक श्रोताको लागि कुनै नौलो नाम भने पक्कै होइन सृजना विरही थापा भनेपछी सबैले चिन्नुहुन्छ होनाहार महिला सर्जक जहाँ यस्ता महिला सर्जकहरु विरलै मात्रा पाइन्छन छोटो समयमै नेपाली लोक गीत संगीत प्रेमी दर्शक श्रोताको लागि अत्यन्तै मार्मिक, उत्कृष्ट सफल र सदावाहार गीत संगीत पस्केर सबैको मन जित्नु भएका अर्थात लोकदोहोरी गीतको क्षेत्रमा फराकिलो परिचय बनाउनु भएका सर्जक तथा गायिका भनेर परिचित हुनुहुन्छ सिर्जना विरही थापा ।
विगत एक दश देखि नेपाली गीत संगीत देखि अलि पर बस्नु भएका उनै सर्जक थापा अहिलेको तीज २०७४ मार्फत आफ्ना दर्शक श्रोताको माझमा फर्कदै हुनुहुन्छ नेपाली नारिहरुको महान चार्ड हरितालिका तीजको अवसरमा महिला दिदी वहिनीहरुको लागि साँच्चिकै तीज गीत बनाएर पस्किने कोसीस गरेको छु भनेर गायिका तथा सर्जक थापाले जानकारी दिनुभयो ।
आफ्नो व्यक्तिगत परिस्थतीले नेपाल भन्दा बाहिर भएकाले आफूले चाहादा चाहादै पनि गीत संगीत बजारमा ल्याउन नसकेको उहाँले बताउनुभयो । गीत संगीत बजारमा ल्याउन नसकेपनि मेरा हरेक क्षण गीत संगीतमै बित्ने गथ्यौ भनेर उहाँ भन्नु हुन्छ साथै अवका दिनहरुमा समयको व्यवस्थापन गरेर निरन्तर आफ्नो दर्शक श्रोताको माझमा आउने प्रतिवद्धता समेत जाहेर गर्नु भएको छ ।
विगतको समयमा एउटा चिठि लेख्न मन लाछ, राम्रो फूल त फूल्नै नहुनी, बादल भित्र जुन छ, रुदै रुदै जान्छु मेलामा, हासेर बोलिदेउ मायाँ, चरिले गुँड सारी सक्दानी जस्ता दर्जन बढि सफल र सदावाहार गीत दर्शक श्रोताको लागि पस्कि सक्नु भएका थापाले यो गीत पनि अत्यन्तै उत्कृष्ट सिर्जनका रुपमा ल्याउनु हुने छ भन्ने आशा आम श्रोता दर्शकको मनमा खुल्डुलीको विषय बनेको छ ।
उनै सदावाहार सर्जक एवं गायिका सिर्जना विरही थापाको स्वर शव्द संगीतमा तयार पािरएको यस गीतमा अभिनय स्वयम सिर्जना विरही थापा माधुरी चापाँगाई, निलिशा गौतम, अस्मीता कोइराला,कृष्ण कार्की, सुष्मा केसी, सुभद्रा खत्री, कल्पना कार्की र अन्य दर्जन बढि कलाकारहरुको अभियन रहेको गायिका थापाले जानकारी निदुभयो ।
सिर्जना विरही थापा र सवि थापाको प्रस्तुतीमा बजारमा आउन लागेको यस गीतको म्यूजिक भिडियो अमेरीकाको विभिन्न रमणीय स्थलहरु छायांकन गरिएको थापाले जानकारी दिनुभयो ।
अस्मिता डिजिटल म्यूजिक कम्पनीले बजार व्यवस्थापन गर्ने “नाचेर ल्याउने हो नम्वर ” बोलको गीत चाँडै दर्शक श्रोताको माझमा आउने छ र सबै खाले दर्शक श्रोताको मन मुटुमा बस्न सकोस् अग्रिम शुभकामना व्यक्त गर्दछौं ।










Post a Comment

Previous Post Next Post