Header Ads

सिपि पाैडेल स्वर्गद्वारी प्यूठान श्रावण १३ ।  कसैलाई घर नभएर चिन्ता, कसैलाई भने घर हुँदा पनि ओढारमै बस्नु पर्ने बाध्यता प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका साविकको सारी गाविस लुङग्री नदिको नजिकै रहेको बगुवा ओडारमा एक महिला विमला वि.क. विगत २ वर्षे देखि बस्दै आएका छन । रोल्पा जिल्ला साविकको सेरम गाविसको घुसवाङमा माइत भएकी महिलाको घर भने प्यूठान जिल्ला हालको स्वर्गद्वारी नगरपालिका साविकको सारी गाविसमा रहेको छ ।
बिबाह बन्धनमा बाँधिएकी विमलाको श्रीमानले घरमा बस्दा पटक पटक अनेकौ शारिरिक एवं मानसिक तनाव दिने र बसेको र सुतेको घरमा पनि आगो लगाइदिने लगायतका दुव्र्यभार गर्ने भएकाले उक्त घरमा भन्दा यस ओडारमा आफूलाई बस्नको लागि सुरक्षित वातावरण भएको उनले बताउछिन ।
विमलाका अनुसार घरमा भन्दा ओढारमा आनन्द हुन्छ । ठूलो ओढारभित्र बस्दा सुरक्षित महसुस हुने उहाँको अनुभव छ । बाढी पहिरोको डर पनि हँुदैन,सुरक्षित लाग्छ’ विमलाले भन्नुभयो ।

Post a Comment

Previous Post Next Post