Header Ads

गोविन्द विश्वकर्मा, स्वर्गद्वारी असार २१ ।   स्वर्गद्वारी नगरपालिकाको नवनिर्वाचित मेयर, उप मेयर, वडा अध्यक्ष र अन्य सदस्यहरुले बुधवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
निर्बाचन अधिकृतको कार्यालय स्वर्गद्वारी नगरपालिकाका प्यूठानको आयोजनामा भएको शपथग्रहण समारोहमा नगरपालिकाको मेयर पदमा निर्वाचित नेत्र बहादुर रोकाय र उप मेयर पदमा निर्वाचित गोमा रेग्मीलाई र ९ वटै वडाका वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत दण्डमाणी लामिछानेले सपथग्रहण गराउनु भएको हो भने वडाका वडाका सदस्यहरुलाई नवनिर्वाचित मेयर नेत्र बहादुर रोकायले सामुहिक शपथग्रहण गरेका गराउनु भएको हो ।
मेयर उप मेयर दुवै जनाले नेपाली र नेपाल भाषामा देश र जनताको नाममा शपथ लिनुभएको छ ।
समारोहमा मेयर रोकायले स्वर्गद्वारी नगरपालिकाका भौगोलिक क्षेत्रका तवरले विकट रहे पनी आफुले निर्वाचन अघि जनतालाई दिएको वचन पूरा गर्नका लागि आफ्ना चुनावी एजेण्डाहरुलाई सम्वोधन गरी अघी वढ्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको छ । साथै उहाँले निर्वाचन अगाडि विभिन्न पार्टीहरु संग जस्तोसुकै भनासुन र आरोप प्रत्यारोप भएतापनी ति सबै कुरालाई भूलेर निर्वाचित प्रतिनिधिहरुले यस नगरको मुहार फेर्नको लागि निःस्वार्थ भावनाले काम गर्नु पर्ने बताउनुभएको थियो ।
उप मेयर रेग्मीले नगरवासीले आफूहरुलाई ठुलो भारीको जिम्मा लगाएकाले यसलाई सकुशल वोकेर सम्बन्धित ठाउँमा पु¥यानु पर्ने बताउनुभयो २० वर्ष पछी भएको स्थानिय निर्बाचनवाट चुनिएका पदाधिकारीले ५ वर्षे कार्यकालमा आफ्नो जिम्मेवारी वहन गर्दै विकास निर्माणका कार्य अगाडी वढाइ स्वर्गद्वारी नगरपालिकाको मुहार फेर्नु पर्ने बताउनुभयो ।
स्वर्गद्वारी नगरपालिकाको मुख्य निर्वाचन अधिकृत लामिछानेले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई खादा र अविर लगाइ सफल कार्यकालको शुभकामना दिनुभयो थियो ।
स्वर्गद्वारी धर्मशालाको सभाहलमा सम्पन्न शपथग्रहण समारोहका अध्यक्ष नगरपालिकाका निमित्त प्रमुख खगेश्वर अधिकारले गर्नुभएको थियो भने समारोहमा स्वागत मन्तव्य स्वर्गद्वारी नगरपालिकाका नायव सुब्वा हिमलाल पोखे्रलले राख्नु भएको थियो ।

Post a Comment

Previous Post Next Post