चुनावपछी नगरपालिकाका ९ वटै वडाका जनप्रतिनिधिहरुको पहिलो बैठक शुक्रवार बसेको थियो ।
बैठकमा असार १३ गते भएको एमाले र राजमो विचको झड्पका कारण प्रहरीको नियन्त्रणमा रहेका वडा नं २ का वडा अध्यक्ष मिनराज राना उपस्थित नहुदा सम्म बैठक बस्न नसकिने जानकारी गराउँदै राजमो र माके गठबन्धनका जनप्रतिनिधिहरु बैठकवाट बाहिरीएका थिए ।
नगरपालिकाका ९ वटा वडाका वडा अध्यक्षहरु नभई बैठक बस्न नसकिने भएकाले आफूहरु वैठक वहिष्कार गरेर वाहिरीएको वडा नं ६ का वडा अध्यक्ष एवम् राजमोका नेता गिर बहादुर गुरुङले जानकारी दिनुभयो ।
उता नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले बैठक पुन ः संचालन गर्नको लागि हदै सम्मको प्रयास गर्ने यदि नभएको खण्डमा नगरपालिकाको कार्य निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभएको छ ।
बैठक पुनः संचालन हुन नसकेपछी श्रावण १५ गते १० बजे सम्मको लागि स्थगित गरिएको नगर मेयर रोकायले जानकारी दिनुभयो ।
Post a Comment