Header Ads


स्मृती घर्ती मगर, असार १२ ।    प्युठान गन्धर्व जातीको लोक वाजा सारङ्गी संरक्षण संवन्धी ३ दिने तालीम ऐरावती गाउँपालिका ५ रस्पुरकोटमा साेमवार सम्पन्न भएको छ ।
असार १० गतेवाट सुरु भएको तालीममा रस्पुरकोट सिन्दुरेडाडा गन्धर्व टोलका करिव २० जनाको सहभागिता रहेको थियो । भने तालीमको प्रशिक्षण दिल वहादुर गन्धर्व र शोभ वहादुर गन्धर्वले गर्नु भएको लोक वाजा सारङ्गी संरक्षण समिती प्युठानका संयोजक ध्रुव विरही रञ्जन गन्धर्वले जानकारी दिनु भएको छ ।
पछिल्लो समयमा लोपन्मुख जाती गन्धर्वहरुको सारङ्गी वाजार पेशा संकटमा पर्ने अवस्था रहेकाले युवा पिडीलाई सचेत बनाइ मौलिक वाजा सारङ्गीलाइ बचाइ राख्ने उद्देश्यले तालिमको आयोजना गरिएको तालिमका संयोजक तथा लोक वाजा सारङ्गी संरक्षण समिती प्युठानका संयोजक ध्रुव विरही रञ्जन गन्धर्वले जानकारी दिनु भएको छ ।
उक्त तालिम लोक वाजा सारङ्गी संरक्षण समिती प्युठानको आयोजना र जिल्ला समन्वय समिती प्युठानको सहयोगमा सञ्चालन गरिएको हो ।

Post a Comment

Previous Post Next Post