Header Ads

२ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको निर्णय जनविरोधी भएको बताएकी छन् ।

जनतालाई अधिकार सम्पन्न गराउन स्थानीय चुनाव हुन लागेको भन्दै उनले निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको निर्णय आचार्यजनक र अनौठो खालको भएको टिप्पणी गरिन् । उनले यो निर्वाचनलाई संविधान संशोधनसँग जोडेर नहेर्न र चुनावमा भाग लिन मधेस केन्दि्रत दलहरुलाई पुनः आहृवान गरिन् ।

माओवादी केन्द्रले कतिपय ठाउँमा चुनावी तालमेल गरेर जाने रणनीति लिएको छ । मुद्धा मिल्ने राजनीतिक दलहरुसँग चुनावी तालमेल गरेर जान सकिने रणनीति तय गरिएको प्रवक्ता भुसालले स्पष्ट पारिन् ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन अभियानलाई पनि तीव्र गतिमा अघि बढाएको छ । प्रवक्ता भुसालले देशभर निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम संचालन भइरहेको र ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिइन् ।

माओवादी केन्द्रले बैशाख ९ गते १ बजे देशभरका सबै स्थानीय तहमा एकसाथ चुनावी जनसभा आयोजना गर्ने निर्णय गरेको छ ।

‘माओवादी केन्द्रको उपहारः गाउँ/नगरमा सिंहदरबार’ भन्ने चुनावी नारा तय गरिसकेको माओवादी केन्द्रले चुनावलाई लक्षित गरेर सांगठानिक गतिविधिको कामलाई पनि तीव्र गतिमा अघि बढाएको छ ।

Post a Comment

Previous Post Next Post