Header Ads

स्वर्गद्वारी, बैशाख १ । बद्लिदो दुनियाँ र भित्रिदो प्रविधिको मागलाई मध्य नगर गर्दै सुचना तथा संचारको क्षेत्रलाई प्रविधि संग अझै नजिक जोड्न स्वर्गद्वारी अनलाइन पत्रिका नयाँ वर्षको सुरुवात संगै वैशाख १ शुक्रवारवाट संचालनमा आएको छ । प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको नाम वाट प्रभुको तपोभूमी स्वर्गद्वारीकै काखबाट संचालन भइहेको माडीखवर साप्ताहिको टिमले यस अनलाइन पत्रिकालाई संचालनमा ल्याएको हो ।
अहिलेको यूगमा छापा पत्रिकाको खस्कदो अवस्था र डिजिटल एवं अनलाइन पत्र पत्रिकामा अधिकांश व्यक्तिहरु संलग्नता भएको कारणले गर्दा स्थानीय स्तरवाटै जिल्लाको संचार जगतलाई अझै माथि उठाउनको लागि र प्रमुख धार्मिक स्थल स्वर्गद्वारीको प्रचारप्रसार गरी पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उदेश्यले यो अनलाईनको जन्म भएको संचालक समूहले जानकारी गराएको छ ।
प्यूठान जिल्लाका स्थानीय सुचना, समाचार, शन्देशलाई स्वदेश तथा विदेशमा रहेका आम नेपालीहरु समक्ष पु¥याउने र सबैलाई सुचना र संचारको माध्यमवाट सुसुचित गर्ने अनलाइन पत्रिकाले उदेश्य राखेको छ ।


Post a Comment

Previous Post Next Post