अमेरिकी राज्य पेन्सिलवेनियाकी २४ वर्षीया ग्वेन निकै राम्री युवती हुन् । उनले बीबीसीसँग आफ्नो अनुभव साटेकी छिन् ।
उनको जन्म एक पुरुषको रुपमा भएको थियो । तर आफू पुरुष भएको महसुस गर्ने बित्तिकै आफूलाई नै घृणा गर्दथिन् । अन्त्यमा २२ वर्षको उमेरमा उनले हर्मोन थेरापी गराइन्, दोस्रो उपचार गरिन् र महिला बनिन् ।

वेबसाइट रेडडिटमा उनलाई हज्जारौं मानिसहरुले सम्पर्क गरे र २ हजारभन्दा बढि मानिसहरुले उनलाई विभिन्न प्रकारका प्रश्न सोधे ।
उनले भनिन्, ‘निकै थोरै मानिसलाई ट्रान्ससेक्सुअलको बारेमा थाहा छ । कसैलाई नराम्रो नलागोस् भनेर उनीहरुले केही सोध्दा पनि सोध्दैनन् । मैले यसबारे उनीहरुलाई पूरा जानकारी दिने उद्देश्य लिएकी छु ।’
बीबीसीले पाँच प्रश्न छान्यो जसको जवाफ ग्वेनले मानिसहरुलाई रेडडिट वेबसाइटमा दिएका थिए ।

तपाईंको मनमा महिला बन्ने सोच कहिले आयो ?
ग्वेनले भनिन्, ‘म पाँच वर्षको हुँदा मैले यसबारे थोरै महसुस गरें । त्यतिबेला मैले महिला बनेको सपना देखेकी थिएँ र म निकै खुसी भएकी थिएँ । ’
के मानिसहरुले तपाईंसँग भिन्न व्यवहार गर्छन् ?
ग्वेनको जवाफ थियो, ‘म पुरुष हुँ भन्ने लाग्थ्यो । मानिसहरुले मलाई पक्कै पनि मित्रवत् व्यवहार गर्दथे तर उनीहरु मसँग सही अर्थमा जोडिन सक्दैनथे । म एकपटक एक महिलासँग ठोक्किएको थिएँ त्यतिबेला उनले निकै असहज महसुस गरेकी थिइन् ।’

के तपाईंका साथी छन् ? उनीहरुसँग तपाईंको कस्तो सम्बन्ध छ ?
‘मेरी प्रेमिका पनि छिन् । उनले मेरो शरिरको विषयमा कहिले पनि असहज महसुस गराइनन् ।
अब म उनीसँग शारिरिक सम्बन्ध स्थापित गर्दा बढि आनन्द पाउने गर्दछु ।
म अहिले पनि आफ्नो पुरुष यौनाङ्गको प्रयोग गर्न सक्छु तर यसलाई सकेसम्म प्रयोग गर्दिनँ ।
‘यदि म र मेरी प्रेमिका सँगै बस्छौं र बच्चा चाहन्छौं भने मैले यहि रुपमा बस्नुपर्ने हुन्छ । बच्चा जन्मिएपछि सायद म मेरो यौनाङ्गलाई काटेर हटाउनेछु ।’
उनी थप्छिन्, ‘मैले विभिन्न प्रकारको स्त्रीविरोधी प्रतिक्रिया सुन्नुपर्छ । अब म भन्ने गर्छु, ‘यसको अर्थ के ?’’

जब तपाईंले हर्मोन थेरापी गर्नुभयो तब तपाईंको शरिरमा कस्तो प्रकारको परिवर्तन आयो ?
जवाफमा उनी भन्छिन्, ‘ती हर्मोनका कारण कपाल बढ्यो । शरिरमा भिन्न प्रकारले बोसो जम्मा हुन थाल्यो । नितम्ब र स्तनमा बोसो जम्न थाल्यो र मांसपेशीहरुको बनावट परिवर्तन भए । म ढाडको हड्डीको बनावट पनि परिवर्तन भयो र मेरो उचाई कम भयो ।’
ग्वेन थप्छिन्, ‘परिवर्तनको यो समय निकै पीडादायी थियो । मानिसहरु मसँग सहज हुँदैनथे । अब उनीहरुले कुनै पुरुषलाई नभई महिलालाई हेरिरहेका थिए र उनीहरुले अब मलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने मेसो पाएका थिएनन् ।’
तपाईं कहिले निश्चित हुनुभयो कि तपाईं एक महिला हुनुहुन्छ ?
ग्वेन भन्छिन्, ‘यस्तो त्यतिबेला भयो जब ट्रेनमा कतै जाने बेला एक व्यक्ति मतर्फ बढ्यो । मैले आफूलाई एकदम जमेको अवस्थामा पाएँ । एकपटक त म खुसी भएँ कि कोही अपरिचितले मलाई महिला सम्झिए । तर त्यतिबेला म निकै आत्तिएकी थिएँ र असहज महसुस गरिरहेको थिएँ ।’
जब आफ्नो घरपरिवार, आफन्तलाई आफ्नो बारे बताउनुभयो तब उहाँहरुको प्रतिक्रिया कस्तो थियो ?
यसको जवाफमा ग्लेनले उनका एक काकाले आफूसँग कुरा गर्न बन्द गरेको बताइन् । यद्यपी, उनलाई परिवार र आफन्तका अन्य सदस्यले स्विकार गरेको उनी बताउँछिन् ।
‘आमाले मेरो बारेमा थुप्रै कुराहरु नयाँ ढङ्गले बुझ्नुपर्यो । तर अब हामी एकअर्काको निकै नजिक छौं । ’
Post a Comment