Header Ads

आवश्यक कागजी प्रक्रिया पूरा भएपछि ब्राजिलका युवा विङ्गर गार्बियल जेसस आउँदो शनिबार बेलायतको फुटबल मैदानमा पहिलो पटक देखा पर्दैछन्। इङ्लिस क्लब म्यानचेस्टर सिटीले उनलाई गत अगस्टमा पाँच वर्षका लागि ब्राजिलको पाल्मेरिस क्लबबाट करिब ३ अर्ब ६३ करोड रुपैयाँमा अनुबन्धित गरेको थियो। १९ वर्षीइ विङ्गर शनिबार टोटेनहामविरूद्धको खेलमा आधिकारिकरुपमा मैदानमा देखा पर्दैछन्। ‘उनीसँग सर्वोत्कृष्ट आक्रामक खेलाडी बन्ने क्षमता छ,’ सिटीका फुटबल निर्देशक टेक्सिकी बेगिरिस्टेनले भने। जेसस सिटीमा यो सिजनको प्रिमियर लिग सुरु भएको पहिलो महिना नै आइपुगेका थिए। तर, कागजी प्रक्रिया पूरा नभएका कारण उनी मैदानमा उत्रिएका थिएनन्। सिटीले उनलाई दक्षिण अमेरिकाको युवा प्रतिभाको रुपमा क्लबमा भित्र्याएको थियो। यसका लागि इङ्लिस क्लबले स्पेनिस प्रतिद्धन्द्धी बार्सिलोनासँग कडा प्रतिस्पर्धा गर्न परेको थियो। रियो ओलम्पिकमा जेससको खेल उत्कृष्ट थियो। उनले सिटीका नयाँ प्रशिक्षक पेप ग्वार्डिओलाको आफू प्रशंसक रहेको बताए। र, उनले सिटीमा आवद्ध हुनुको कारण पनि यसैलाई ठहर्याए। प्रिमियर लिगमा सिटी हाल शीर्षस्थानमा रहेको चेल्सीभन्दा १० अंकले पछाडि छ। पछिल्लो तीन खेलमा २ मा पराजय भोगिसकेको छ। १७ वर्षको उमेरमा पाल्मेरेजको सिनियर टिमबाट डेब्य’ गर्दा जेससको नाम गार्बियल फर्नान्डो थियो। सिटीको विज्ञप्तिमा भनिएको छ, ‘गार्बियल फर्नान्डो नाम भएका उनलाई क्राइस्टको उमेर बराबर ३३ नम्बरको सर्ट प्रदान गरिएको छ।’ गार्बियलले ब्राजिलका लागि चार गोल गरिसकेका छन्।

Post a Comment

Previous Post Next Post