Header Ads

बेइरुट, ७ माघ । उत्तरी सिरियामा पूर्वअलकायदा आबद्ध फतेह अल शामका चालिसभन्दा बढी लडाकु बिहीबार मारिएका छन् । उनीहरु बसिरहेको शिविरमा भएको हवाई आक्रमणमा परी उनीहरुको मृत्यु भएको अनुगमनकर्ताहरुले जनाएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले घटनाका बारेमा सबै स्पष्ट विवरण अझै आइनसकेको बताएको छ ।
अमेरिकी नेतृत्वको गठबन्धनसँगै सरकारी सेनाले पछिल्ला केही हप्तादेखि फतेह अल शामलाई लक्षित गरी हवाई आक्रमणलाई तीव्रता दिएका छन् । अनुगमनकर्ताहरुका अनुसार पछिल्लो समयमा उनीहरुका झन्डै एक सय जना लडाकु मारिएका छन् । फतेह अल शामका लडाकु इस्लामिक विद्रोहीसँग सम्बन्धित रहेका छन् । रासस÷एएफपी

Post a Comment

Previous Post Next Post