काठमाडौं, १२ माघ । पहिलो महिला प्रधानन्यायाधीश सुशील कार्की एक पछि अर्को विवादमा फस्दै गएकी छन् । न्यायपरिषद्की अध्यक्षसमेत रहेकी कार्की उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमा विवादमा तानिएकी हुन् ।
उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा प्रक्रिया नमिलेको, समावेशी चरित्र नदेखिएको भन्दै सरकारी वकिलहरू आन्दोलित बनेका छन् । सोही विषयबारे मध्यस्थता गर्न नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारीले मंगलबार प्रधानन्याधीश कार्कीलाई भेट्न समय माग गरेका थिए ।
दिउँसो खाजा समयमा १ः३० बजे बार पदाधिकारीसँग भेट्ने कार्यक्रम तय भएको थियो । तर प्रधानन्यायाधीशले एकाएक आफू व्यस्त रहेको जनाउँदै बार पदाधिकारीलाई भेट दिइनन् । प्रधानन्यायाधीशले व्यस्त भने पनि उनले जानाजान भेट नदिएको, आफूहरूलाई उपेक्षा गरेको निष्कर्षमा बार पदाधिकारी पुगे । भेट नपाएपछि बारले प्रधानन्यायाधीशलाई बुझाउन तयार पारेको १२ बुँदे स्मरणपत्र उनको सचिवालयमा बुझाएको छ । जसका कारण अहिले बार र बेन्चबीच द्वन्द्व चर्कँदै गएको छ ।
त्यति मात्र होइन, बुधबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारी प्रधानन्यायाधीश कार्कीलाई भेट्न उनको चेम्बर जान खोजेका थिए । तर, कार्कीले भेट नै दिइनन् । स्रोतका अनुसार कार्कीले १०–१५ जना पत्रकारको सूची बनाएकी छन् । सूचना विभागको प्रेस पास लिएका पत्रकारले उनलाई भेट पाउँदैनन् ।
एक महिनाअघि सर्वोच्च परिसरमै अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की कालोमोसो दलेपछि उनले प्रधानन्यायाधीश कार्कीले कसैसँग भेट नगर्ने निर्णय गरेको बताइएको छ ।
आफूले गरेका निर्णय जति सबै अरुले मान्नु्पर्ने स्वभाव कार्कीमा रहेको न्यायाधीशहरूको बताउँछन् । आफू अध्यक्ष रहेको न्यायपरिषद्को निर्णय विवादमा पारेको भन्दै उनले बारका पदाधिकारीलाई भेट नदिएको बताइएको छ ।
सर्वोच्च अदालतका १० स्थायी न्यायाधीश नियुक्ति, उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति तथा संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझाव दिएकोलगायतमा कार्की विवादमा तानिएकी हुन् ।
एकपछि अर्को विवादमा फस्दै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की
aaasss
0
Comments
Tags
News

Post a Comment