Header Ads

गाम्बिया – गाम्बियाका पूर्व राष्ट्रपति याह्या जामेहले देश छाड्दा सरकारी ढुकुटीबाट १.१ करोड अमेरिकी डलरभन्दा बढी ‘गायब’ भएको बताइएको छ ।
नयाँ राष्ट्रपति अदामा बारोका सल्लाहकार रहेका माई अहमद फातीका अनुसार ठ्याक्कै कति रकम गायब भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।
‘दुई हप्तामा मात्र उनले १ करोड डलरभन्दा बढी रकम निकालेको देखिएको छ ।,’ फातीले भने, ‘ढुकुटी लगभग खाली छ ।’
जामेहले देश छाडेर जाँदा उनको विलासी गाडी लगायत अन्य सामानहरु विमानमा लोड गर्दै गरिएको देखिएको थियो ।
२२ वर्ष गाम्बियाको सत्तामा रहेका जामेहले शनिबार देश छाड्दै इक्वेटरियल गिनीमा शरण लिन पुगेका छन् ।
निर्वाचनपछि नयाँ राष्ट्रपति विजयी भएपछि पनि जामेहले परिणामलाई नस्वीकार्ने बताउँदै सत्तामा नै रहेका थिए । पछि, सेनाले हस्तक्षेप गर्ने बताएपछि स्थानीय नेताहरुको सल्लाहपछि उनले पद र देश छाड्ने निर्णय लिएका थिए ।
नवनिर्वाचित राष्ट्रपति बारो अहिले छिमेकी सेनेगलमा रहेका छन् । उनी कहिले फर्कने भने यकिन छैन ।
यद्यपि, उनको आगमनको तयारी गर्न पश्चिम अफ्रिकी सेना राजधानी बान्जुलमा पुगिसकेका छन् ।
गाम्बियामा स्थिति नियन्त्रणमा राख्न सेनेगलको नेतृत्वमा पाँच अफ्रिकी देशका सेनाले पहरा दिइरहेका छन्

Post a Comment

Previous Post Next Post