Header Ads

बलिउड चर्चित अभिनेता संजय दत्तको जीवनमा आधारित फिल्मको सुटिङ सुरु भइसकेको छ। फिल्मको सुटिङको अघिल्लो दिन सेटमा बलिउडबाट लामो समय हराएकी अभिनेत्री दीया मिर्जाको पनि उपस्थिति थियो।

धेरै समयसम्म फिल्ममा नदेखिएका दीया मिर्जा यो फिल्ममा भने मुहत्वपूर्ण भूमिकामा हुने बताइएको छ।

भारतीय समाचारमाध्यमका अनुसार उनले यस फिल्ममा संजय दत्तकी श्रीमती मान्यताको भूमिका निभाउनेछन्।

दीया मिर्जा पहिलोपटक कुनै बायोपिकमा काम गर्दैछन् भने फिल्ममा संजयको भूमिका निभाएका रणवीर कपुरसँग पनि पहिलोपटक काम गर्दैछन्।

यस फिल्ममा संजयका पिता सुनिल दत्तको भूमिकामा परेश रावल देखिनेछन्।

Post a Comment

Previous Post Next Post