Header Ads

काठमाडौं, १० माघ । ‘ट्वाइलाइट’ नायिका क्रिस्टन स्टेवार्टले अमेरिकी राष्ट्रपतिको शपथ लिएको एक दिन नबित्दै डोनाल्ड ट्रम्पविरुद्ध केहीअघिको घटनाबारे मुख खोलेकी छन् ।

उनले एक अन्तर्वार्तामा चार वर्षअघि क्रिस्टनको बारेमा उनका पूर्वप्रमीले रोबर्ट प्याटिन्सनलाई धोका दिएर निर्देशकसँग लहसिएको फोटोसहितको समाचारको बारेमा मुख खोलेकी हुन् ।

उक्त समय क्रिस्टनले आफ्नो प्रेमीलाई धोका दिएको भनेर ठूलै काण्ड मच्चिएको थियो । उक्त घटनापछि क्रिस्टन र रोबर्टबीच दूरी बढेको थियो । क्रिस्टन र रोर्वटको विषयमा धेरै सेलिब्रिटीहरुले साथ दिएका थिए ।

दुईको पक्ष र विपक्षमा उत्रिरहेका बेला हालका नवनियुक्त राष्ट्रपति ट्रम्पले उक्त समय एउटा टीट गरे, ‘रोबर्ट प्याटिन्सनले क्रिस्टन स्टुवार्टलाई फेरि अपनाउनुहुन्न । उनले रोबर्टलाई कुकुरलाई जस्तै व्यवहार गरेकी छिन् र फेरि पनि गर्न सक्छिन् । हेर्दै जाऊँ ।’ क्रिस्टनले उक्त समय ट्रम्प आफूप्रति पागल भएको बताएकी छिन् ।

हलिउड चलचित्र लिज्जीबाट यस बर्ष दर्शकमाझ आउन लागेकी क्रिस्टन उक्त बेला ट्रम्प एक रियालिटी स्टारजस्तै लागेको उल्लेख गर्दै भनिन्न्, ‘यहाँ धेरै युवतीहरूले तपाईंलाई हेरिरहेका छन् र तिनीहरू यतिबेला हाम्रो नयाँ राष्ट्रपतिदेखि डराउन थालेका छन् ।’

Post a Comment

Previous Post Next Post