नयाँ शक्ति पार्टी नेपाललाई संगठन सुधारमा सहयोग गर्दै आएको डेनिस अल्टरनेटिभ पार्टीको नेपाल प्रोजेक्टले आफ्नो कार्य अवधि थप ६ महिना बढाउने भएको छ।
नेपाल प्रोजेक्ट लम्बिने भएपछि अल्टरनेटिभ पार्टीले सो प्रोजेक्टमा आर्थिक सहयोग गर्दै आएको डेनिस इन्स्टिच्युट फर पार्टी एण्ड डेमोक्रेसी (डीआइपीडी) को पार्टी प्रोजेक्ट अन्तर्गत थप बजेट माग गरेको प्रोजेक्ट लिडर टोम रिचटरले सेतोपाटीलाई बताए।
नेपालमा प्रजातन्त्रको सुध्रिढिकरणका लागि डेनिस अन्तरपार्टी संजाल डीआइपीडीले नेपालका अन्य ठूला ६ वटा राजनीतिक दललाई समेत सघाउँदै आएको छ।
नयाँ राजनीतिक संस्कारको विकासका लागि भन्दै डेनिस अल्टरनेटिभ पार्टीले संगठनको पारदर्शी संरचनामा पार्टी भित्र प्रजातान्त्रिक संस्कारको विकास र डेनमार्कको आफ्नो सफल कार्ययोजनालाई विश्वब्यापी बनाउने उद्देश्यले गत वर्ष विश्व मै पहिलो राष्ट्र नेपालको मुलधारका पार्टीको बिकल्प दिन भन्दै खोलिएको नयाँ शक्ति पार्टीलाई सघाउने निर्णय गरेको थियो।
पूर्व निर्धारित सहमति अनुसार यसै वर्षको जुन महिनाको प्रोजेक्ट म्याद थप ६ महिना बढाएको डेनिस अल्टरनेटिभले जनाएको छ।
नयाँ शक्ति र डेनिस अल्टरनेटिभ पार्टनरशिप प्रोजेक्ट अन्तर्गत संशोधित बजेट १ करोड ८३ लाख रूपैया (११ लाख ६६ हजर ८१० डेनिस क्रोनर) रहेको छ।
नयाँ शक्तिका १५ जना पत्रकारलाई शुल्क, नोभेम्बरमा हुने डेनिस स्थानीय निर्वाचनमा नेपाली नेताहरुको भ्रमण खर्च, स्थानीय तलब लगायत अल्टरनेटिभका नेता रासमूस नोरविस्ट पेश गरेको संशोधित बजेटमा रहेको डीआइपीडीको आधिकारिक वेबसाइडमा उल्लेख छ।
सो बजेटबारे सेतोपाटीको जिज्ञाशामा कोपेन्हागेनस्थित डीआइपीडी कार्यालयका कार्यक्रम संयोजक माथियास सिब्दालले नेपाल प्रोजेक्टबारे नेपालस्थित प्रोजेक्ट लिडर रिचटरसँग सम्पर्क राख्न आग्रह गरेका थिए।
हाल नेपालमा रहेका रिचटरले नयाँ शक्ति पाटीसँगको साझेदारिता स्वीकार गर्दै विविध कार्यक्रम सञ्चालन भएको तर आर्थिक सहयोग भने नगरेको बताए।
यसैबीच, यसअघि सेतोपाटीमा प्रकाशित बाबुरामको नयाँ शक्तिलाई डेनिस पाटीको सहयोग बारे समाचार प्रति नयाँ शक्ति पाटीको ध्यानाकर्षण भएको भन्दै सो पार्टीको बैदेशिक आर्थिक अनुदान लिने नीति नरहेको जनाएको छ।
Tags
News
Post a Comment