विदेश जाने तरखरमा हुनुहुन्छ? डरल थोरै भयो भनेर चिन्तित हुनुहुन्छ? यदि यस्तो हो भने अब तपाईको समस्या समाधान गर्ने छ सानिमा बैंकको डलर क्रेडिट कार्डले।
बैंकले आजदेखि आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओस मेसिनहरुमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।
चिप प्रविधिमा आधारित र विश्वमानै बढी स्विकृत हुने योकार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्ने बैंकले विश्वास लिएको छ।
कसरी बनाउने कार्ड?
यसको लागि सानिमा बैंकमा डलर खाता हुनुपर्ने छ । यदि कुनै पनि व्यक्तिको आयस्रोत यदि डलर छ भने पनि क्रडेटि कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकमा गएर तोकिएको फर्म भरेर स्वीकृत भएपछि ग्राहकले कार्ड प्राप्त गर्नसक्ने बैंकले बताउको छ।
Post a Comment