
ललितपुरको मंगलबजारबाट शुरु भएको अपांगता समावेशी र्याली विभिन्न स्थानको परिक्रमापछि पुनः मंगलबजारमै पुगेर समापन गरिएको थियो ।
विनाशकारी भूकम्प गएको दुई वर्ष हुन लाग्दासमेत पुनर्निर्माण र पुनर्स्थापनाको काम नभएको भन्दै उनीहरुले तत्काल काममा तिव्रता दिन सरकारसँग माग गरेका छन् ।
अपांगता समावेशी विपद् जोखिम व्यवस्थापन र भूकम्प थेग्ने घर अपांगता मैत्री बनाउन पनि उनीहरुले माग गरेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थलको पुनर्निर्माण गर्दा अपांगमैत्री बनाउनुपर्ने उनीहरुको माग थियो ।
Post a Comment