रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीसँगको आफ्नो प्रतिद्धन्द्धीतालाई छोराहरूसम्म पुर्याएको बताएका छन्। उनले चीनको वेभ साइट डोङगुइदीलाई अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘उनी (मेसी) सँग मेरो सम्बन्ध ठिकै छ। मानिसहरू सधै हामीबीच तुलना गर्छन्, यतिसम्म ठिकै छ। तर, मानिसहरू हाम्रो छोराहरू जन्मिदा पनि त्यसको तुलना गरिरहेका थिए। यो मान्छेको धन्दै भइसक्यो।’ उनले मेसी र आफूबीच हुने तुलना आधुनिक फुटबलमा कुनै अनौठो नभएको स्पष्ट पारे। तर, त्यो तुलना बढ्दै गएर छोराहरूसम्म पुग्दा भने अचम्म लाग्ने बताए। ‘सबै चिजलाई तुलना गरेर हुँदैन्। रोनाल्डो रोनाल्डो नै हो। मेसी मेसी नै। दुवै उत्कृष्ट खेलाडी हौं। हामीसँग भएको व्यक्तिगत सम्मान र क्लबका लागि गरेको योगदानले पनि प्रष्ट पार्छ,’ सन् २०१६ को फिफा वर्ष खेलाडी घोषित रोनाल्डोले भने।
Post a Comment