Header Ads

काठमाडौं । नेपालमा पहिलो पटक हिमालय रोडिज सिजन वान सुरु हुने भएको छ ।
काठमाडौमा एक कार्यक्रमको आयोजना गरी आईतवार हिमालय रोडीज सिजन वानबारे जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा भैरहेको कार्यक्रम रोडिज नेपालमा पहिलो पटक सुरु हुन लागेको हो । हिमालय टेलिभिजन र एमटिभी रोडीजको संयोजनमा यसको सिजन वान पोखराबाट सुरु गरिनेछ । देशका मुख्य पाँच शहरहरुमा हुने पहिलो प्रतियोगीता फागुन १८ गते पोखराबाट सुरु भई बुटवल , चितवन , धरान हुदै चैतमा काठमाडौमा आएर टुंगिनेछ । हिमालय रोडिज शारीरीक रुपमा मात्र नभइ मानसिक, बौद्धिक र भौतिक हिसाबले पनि उत्कृष्ट हुने हिमालय रोडीजका कार्यक्रम संयोजक अमन प्रताप अधिकारीले जानकारी दिएका छन ।

रोडीजका बिजेतालाई २० लाख नगद र एउटा रोडिज बाइक प्रदान गरिनेछ ।

Post a Comment

Previous Post Next Post