Header Ads

आईसीसीको आयोजनामा भइरहेको डेजर्ट टी-२० प्रतियोगितामा अफगानिस्तानका मोहम्मद शहजादले एकै दिनमा दुई पटक अर्धसतक प्रहार गर्दै अनौठो विश्व रेकर्ड बनाएका छन्। ओमानविरूद्ध खेलेको पहिलो सेमीफाइनलमा शहजादले ६० बलमा ८० रन बनाएका थिए। सोही दिन भएको फाइनलमा समेत उनले आयरल्याण्डविरूद्ध अर्धसतकीय पारी खेल्दै अनौठो रेकर्ड बनाएका हुन्। दुधिया रौशनीमा भएको फाइनलमा अफगानिस्तानका शहजादले उत्कृष्ट प्रदर्शन गर्दै आयरल्याण्डलाई १३.२ ओभरमा ७१ रनमा समेटेका थिए। ७२ रनको लक्ष्य लिएर मैदानमा आएको अफगानिस्तानले ८ ओभर खेल्दै १० विकेटले विजयी भयो। जसमा शहजादले ४० बलमा ५२ रनको पारी खेलेका थिए। नवरोज मंगलले १७ रन बनाएका थिए। यो सँगै एकै दिन दुई पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक प्रहार गर्ने पहिलो खेलाडीको रूपमा विश्व रेकर्ड बनाएका छन्। शहजादले आफ्नो अन्तर्राष्ट्रिय करियरमा कुल ४८ एक दिवसीय र ५५ टी-२० खेलेका छन्। एक दिवसीयमा ४ सतक प्रहार गरेका उनले ७ अर्धसतकसमेत गरी १६४९ रन बनाएका छन्। यस्तै टी-२० मा १६५६ रन बनाएको आइसिसिले जनाएको छ।

Post a Comment

Previous Post Next Post