माघ ११, २०७३- दक्षिण भारतीय फिल्म हुँदै बलिउडमा छाएकी अभिनेत्री इलियाना डिक्रुज प्राय: प्रफुल्ल मुद्रामा भेटिन्छिन् । बडो सोचविचार गरेर आफ्नै गतिमा फिल्महरू साइन गर्ने उनी व्यावसायिक र व्यक्तिगत दुवै जीवनप्रति सन्तुष्ट छिन् । अन्य सेलिब्रिटीले झैं उनले आफ्नो रिलेसनसिपबारे कुरा लुकाउने गरेकी छैनन् । यी ‘बर्फी’ स्टारको यस्ता आनीबानीको तारिफ पनि हुने गरेको छ ।
यसपालिको प्रसंग भने इलियाना र उनका अस्ट्रेलियन फोटोग्राफर ब्वाइफ्रेन्ड एन्ड्रयु निबोनबारे हो । इलियाना जस्ती सुन्दरीलाई गर्लफ्रेन्डका रूपमा पाएका एन्ड्रयुलाई क्यामरामा कैद गर्ने ‘अब्जेक्ट’ खोज्न टाढा जानुपर्दैन । उनी आफ्नी मोडल टन्र्ड एक्टर गर्लफ्रेन्डलाई बेलाबेला फोटोसुटमा लग्छन् । केही दिनअघि मात्रै उनले इलियानाका हट फोटाहरू लिएका छन् । भारतीय दैनिक इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हरेक तस्बिर भिज्युअल ट्रिटमेन्ट गरेजत्तिकै राम्रो छ ।’
इलियानाका फोटा हेर्दा एन्ड्रयुलाई क्यान्डिड फोटोग्राफीमा रुचि भएको बुझ्न सकिन्छ । पोज दिइएका फोटा धेरै छैनन् । उनले मोडललाई निकै सूक्ष्म र भावपूर्ण शैलीमा उतारेका छन् । ‘रुस्तम’ एक्टरले आफ्ना केही फोटा इन्स्टाग्राममा सेयर गरिसकेकी छन् । तस्बिरमा उनलाई भयानक हट देखिएको भन्ने खालका प्रतिक्रिया आइरहेका छन् । उनले बाथटबमा खिचाएको फोटा बढी सुन्दर र कलात्मक मानिएको छ । कुशल फोटोग्राफरका रूपमा चिनिने एन्ड्रयुले इलियानालाई आफ्नो प्रतिमा (म्युज) बनाएको बताइन्छ ।
फिल्म ‘जुडवाँ २’ को अफर अस्वीकार गरेकी इलियानाले परिणीति चोपडासँग स्क्रिन सेयर गर्ने हल्ला चलेको थियो । सलमान खानसमेत रहने भनिएको उक्त फिल्मभन्दा पनि आफू ‘बादशाहो’ र ‘मुबारकाँ’ कै काममा व्यस्त रहेको इलियानाले बताएकी छन् । यसरी सीधा र प्रस्ट बोल्ने उनको बानीको समेत प्रशंसा हुने गरेको छ ।
एन्ड्रयुले खिचेका इलियानाका फोटा वास्तवमै सुन्दर हुने गरेका छन् । कुशल फोटोग्राफरले सुन्दर मोडल पाएपछि फोटो नराम्रो पो किन हुन्थ्यो र ? त्यसमाथि एन्ड्रयुलाई आफ्नी गर्लफ्रेन्डको मुड क्याप्चर गर्न अरूलाई भन्दा पक्कै पनि सहज होला ।
केही समयअघि आफ्नो लभ अफेयरबारे बलिउड अभिनेत्रीले भनेकी थिइन्, ‘म गलैँचामुनि कसिंगर लुकाउने खालकी मान्छे होइन । स्पष्ट कुरा गर्न मन पराउँछु । अहिले अफेयरबारे बोल्न मन छैन । व्यक्तिगत जीवनमा एउटाको कुरा गर्दा अर्को मान्छेलाई अन्याय होला ।’
इलियानाले अनिल कपुर र उनका भतिजा अर्जुन कपुरसँग खेलेको फिल्म ‘मुबारकाँ’ रिलिजको संघारमा छ ।
Tags
Entertainment

Post a Comment